Online Bichar
शनिबार, माघ २६, २०८१ | Saturday, February 8, 2025

३ असार २०८१ । भारतका केन्द्रीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले बिहीबार ओमानको समुद्रमा तेल ट्याङ्कर पल्टिएर भएको दुर्घटनाबाट आठ भारतीय नागरिकहरूको उद्धार गरिएको र हाल उनीहरुको उपचार भइरहेको बताएका छन्।

दुर्भाग्यवस एकजना भारतीय नागरिको भने शव फेला परेको छ। भारत सरकारले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र प्रभावित परिवारलाई सबै सम्भव सहयोग सुनिश्चित गरिरहेको छु उनले भने।

ओमानको समुद्रमा जुलाई १५ मा ’एमभी प्रेस्टिज फाल्कन’ जहाज पल्टिएपछि भारतीय नौसेनाको तत्काल खोजी र उद्धार अभियान सुरु गरेको थियो। हालसम्म आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित जहाजबाट नौ जना चालक दलका सदस्यलाई सफलतापूर्वक उद्धार गरिएको छ।

भारतीय नौसेना र ओमानी अधिकारीहरूले बाँकी बेपत्ता चालक दलका सदस्यहरू खोजी कार्य जारी राखेका छन्।

“एमभी फाल्कन जहाजमा सवार १६ जना चालक दलका सदस्यमध्ये आठ भारतीय र एक श्रीलङ्काली नागरिकसहित नौँ जना सदस्य जीवित फेला परेका छन्। बाँकी सदस्यहरूको खोजी र उद्धार कार्य जारी रहनेछ, भारतीय नौसेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया