Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

३ साउन २०८१ । दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ।

सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन्।

गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो। यसैबीच थाइल्याण्डको राजधानी बैंककस्थित एक होटेलमा मृत भेटिएका ६ जनाको शरीरमा विषाक्त रासायन साइनाइड फेला परेको छ। बैंककमा रहेको लक्जरी पाँचतारे होटेलमा एक कोठामा ६ जना विदेशी नागरिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए।

उनीहरूको रगत जाँच गर्दा ‘साइनाइड’ भेटिएको बीबीसीले जनाएको छ। ज्यान गुमाउनेमा भियतनामी मुलका दुई अमेरिकी नागरिक र अन्य भियतनामी नागरिक छन्। घटनापछि प्रहरीले होटेल सिल गरेको छ ।

 

तपाईको प्रतिक्रिया