Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

इटहरी, ९ पुस । नेपाल र भारतको सीमा स्तम्भलाई थप व्यवस्थित गर्ने दुवै देशका सरकारी अधिकारीहरूबीच छलफल भएको छ ।

बैठकमा विशेष गरी तीन जिल्ला सुनसरी, मोरगं र झापाका सीमा स्तम्भको अवस्थाका बारेमा छलफल भएको हो । शनिबार भारतको वीरपुुरमा भएको फिल्ड सर्वेको संयुक्त बैठकमा नेपाल भारतका अधिकारीबीच छलफल भएको हो ।

मोरङ, सुुनसरी, झापा जिल्लाका दशगजा क्षेत्रमा अतिक्रमण रोक्ने, बिग्रेका, भत्केको सीमास्तम्भ मर्मत सम्भार गर्ने तथा सीमा स्तम्भलाई थप व्यवस्थित गर्ने विषयमा छलफल एवम् सहमति भएको सुनसरीका प्रमुुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।

हराएका, बिग्रेका, भत्केका सीमास्तम्भलाई नयाँ निर्माण गर्ने, कोशीले क्षति पुर्याएका सीमालाई निर्माण गर्ने लगायतका विषयमा निर्णय भएको प्रजिअ उप्रेतीले दिए ।

बैठकमा नेपालको तर्फबाट सुुनसरी, मोरङ र झापा जिल्लाका प्रमुुख जिल्ला अधिकारी, जिल्लाका नेपाल प्रहरी, सशत्र प्रहरी तथा अनुुसन्धानका प्रहरी प्रमुुख ,नापी कार्यालयका प्रमुुख, जिल्ला वन डिभिजन कार्यालयका प्रमुुख लगायत सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो ।

यता बैठकमा भारतको सुपौल, अररिया तथा किशनगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्टेड तथा भारतीय प्रहरी प्रमुुखको सहभागिता रहेको थियो । नेपाल भारतको फिल्ड सर्वे बैठक प्रत्येक ६–६ महिनामा बस्दै आएको छ । यो वर्षको पहिलो बैठक वीरपुरमा बसेको हो भने अर्को बैठक आगामी जुुन महिनामा विराटनगरमा बस्ने भएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया