झापा, २५ असार २०८१ । झापामा आज आएको अविरल वर्षाका कारण झापा गाँउपालिका का ५१ घर परिवार प्रभावित भएका छन् । गौरीगंज गाँउपालिका र झापा गाँउपालिका-१ मा पर्ने सिमानाको टपु स्थित माईखोलाको पानीको बहाव बढी भएर कटान गर्दा झापा गाँउपालिका-२ सुगाबथान बस्तीमा अन्दाजि २.५ फिट पानी पस्दा सोही स्थानका ५१ घर परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, बिहान देखी परेको अविरल बर्षाको कारण झापाको मेचिनगर नगरपालिका १ र ४ को सिमाना प्रसाद गैडा स्थित मेची खोलामा आएको बाढीले कटान गर्दा हात्ति छेक्न लगाएको ३ ओटा पिलर सहित थिङकिङ तार समेत बगाई क्षती गरेको प्रहरीले जनाएको छ । उक्त कटानबाट अन्दाजी मूल्य १ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।







