झापा, २२ असार २०८१ । घाँटीमा खानेकुरा अड्केर झापाको बुद्धशान्ति गाउँपालिका-४ मंगलबारेका एक बालकको मृत्यु भएको छ । ढिलो गरी प्राप्त जानकारी अनुसार ११ वर्षीया प्रितम ढकालको खाना खाने क्रममा खानेकुरा अड्केर मृत्यु भएको हो।
घटनाको झापा प्रहरीले पुष्टि गरेको छ । यो दुखद घटना शुक्रबार बिहानको हो । उनको बिहीबार जन्मदिन थियो।






