Online Bichar
आइतबार, कार्तिक ३०, २०८३ | Sunday, November 15, 2026

झापा, २२ असार २०८१ । झापामा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका-१० इलामेली टोल बस्ने होपन मुर्मुको छोरा वर्ष ३५ को सुनिल मुर्मुको आज दिउँसो पैनीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मुर्मु घर नजिकै रहेको पैनीमा डुबि मृत अवस्था रहेको भन्ने जानकारी प्राप्त गर्नसाथ तत्काल प्रहरी टोलि खटि गई घट्नास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनि प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली खटिएको जनाइएको छ । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया