झापा, २० असार २०८१ । झापामा खोलाले धार परिवर्तन गर्दा ३ वटा घरका ७ जना परिवार जोखिममा परेका छन् । झापा गाउपालिका-२ सुगा बथान र गौरीगञ्ज गाउँपालिकाको सिमाना स्थितमा रहेको माई खोलाले धार परिवर्तन गर्दा उक्त परीवार जोखिममा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त खोलाबाट तत्काल ३ घरका सोही ठाउँ बस्ने जयमुनी उराउ (परिवार संख्या ५ जना), नुन लाल राजबंशी (परिवार संख्या १ जना) र बेङ्गा राजबंशी (परिवार संख्या १ जना) गरी ७ जना रहेको प्रहरीले जनाएको छ । तत्कालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।






