झापा, १३ असार २०८१ । झापामा जंगली हात्ती मृत अवस्था फेला परेको छ । मेचीनगर नगरपालिका-३ धरधरे टोल स्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी ९/१० बर्षको एउटा जंगली (भाले) हात्ती मृत अवस्थामा फेला परेको हो ।
हात्ती मृत अवस्थामा फेला परेको छ भन्ने स्थानिय मानिसहरुले आज बिहान खबर गरे पश्चात प्रहरी टोली खटि गई घट्ना स्थल सुरक्षित राखिएको छ । थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय, भद्रपुर र मेचि सव-डिभिजन कार्यालय धाईजनबाट फिल्ड अफिसर कर्ण विश्चकर्मा सहितको टोली आई आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धानको लागि कोशीटप्पु बन्यजन्तु आरक्ष सुनसरीबाट बिशेषज्ञको टोली आउदै गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






