Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

झापा, १३ असार २०८१ । झापाको बिर्तामोडबाट कटुवा पेस्तोलसहित एक जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अन्दाजी ७ बजेको समयमा बिर्तामोड नगरपालिका-७ फक्तालुङ (सिरान) टोल स्थितमा बस्ने ३० वर्षिय सुरेश पराजुलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पराजुलीले आफ्नै भाउजु गिता पराजुली संग झै(झगडा तथा बादबिबाद गरी रहेको भन्ने सुचना प्राप्त हुना साथ तत्काल प्रहरी टोली उक्त स्थानमा जाँदा सुरेश पराजुलीको घर कोठा,लगायत आसपासको एरियामा रित पुर्वक तलासी लिदा लुकाई छिपाई राखिएको अवस्थाको बिड सहितको पुरा लम्बाई १० इन्च रहेको कटुवा पेस्तोल १ थान फेला परेको थियो । पराजुलीलाई तत्काल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याइएको प्रहरीले जनाएको छ । उनिमाथी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया