Online Bichar
मंगलबार, कार्तिक २५, २०८३ | Tuesday, November 10, 2026

झापा, १२ असार २०८१ । झापाको बिर्तामोडमा हात्तीले ३ वटा घरमा क्षती गरेको छ । आज राती अन्दाजी १ बजेको समयमा बिर्तामोड नगरपालिका बाह्ररघरेमा जंगली हात्तीले क्षती गरेको भन्ने जानकारी प्राप्त गर्नसाथ अस्थायी प्रहरी चौकी गारामनीबाट प्रहरीको टोली खटिएको थियो ।

जंगली हात्तीले बिर्तामोड नगरपालिका-७ बस्ने भवानी सुनुवारको पक्की घेराबारा,टिनको छानो भएको १ तले घरको पश्चिम उत्तर तर्फको पर्खाल भत्काउँदा अन्दाजी १ लाख बराबरको क्षति भएको छ । यस्तै, सोही ठाउँ बस्ने राम पौडिया सतारको टांटी घेराबारा,टिनको छानो भएको १ तले घरको दक्षिण तर्फबाट टाटी भत्काउँदा अन्दाजी ३० हजार मूल्य बराबरको क्षति भएको छ । सोही ठाउँ बस्ने रसौदा खातुनको टिनको गुम्टीको अगाडीको ढोका भत्काउँदा अन्दाजी २ हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया