Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौँ, ११ असार २०८१ । अबदेखि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्थाअनुसार विभागले सूचनामार्फत जानकारी गराएको हो ।

यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रुपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया