Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, २८ जेठ २०८१ । झापामा एक वृद्धलाई चक्कु प्रहार गरी फरार रहेका १ जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इटहरी नगरपालिका-घर भई बिर्तामोड नगरपालिका-३ मा डेरामा बस्दै आएका ७० वर्षिय काशिनाथ गौतमलाई बुद्धशान्ति गाउँपालिका-३ घर भई सोही डेरामा बस्ने २८ वर्षिय बरुण धिमालले चक्कु प्रहार गरी घाइते बनाइ फरार भएका थिए ।

यहि जेठ ६ गते अन्दाजी ८ः३० बजेको समयमा धिमालले गौतमलाई पेट र शरिरको विभिन्न भागमा तरकारी काट्ने चक्कु प्रहार गरी घाइते बनाइ फरार रहेका थिए । उनलाई खोजतलास गर्ने क्रममा आइतबार बुद्धशान्ति गाउँपालिका-३ पुल चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका धिमालमाथि जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया