Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

कश्मीर, २८ जेठ २०८१ । भारतको जम्मू–कश्मीरको रियासीमा तीर्थयात्री बोकेको बसमा उग्रवादीले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

रियासी जम्मू क्षेत्रमा पर्दछ। सो आक्रमणबारे प्रतिक्रिया दिँदै राष्ट्रपति द्रौपदी मुर्मूले दुःखको यस घडीमा देश पीडित परिवारको साथ रहेको जनाएकी छन्।

यस्तै भाजपाका तर्फबकाट नवनियुक्त मन्त्री अमित शाहले पनि घटनाको निन्दा गरेका छन्। कांग्रेस नेता राहुल गान्धीले सो आक्रमणलाई कायरतापूर्ण भनेका छन्।

प्रहरीका अनुसार सो बस शिवखोरीबाट कटरातर्फ जाने क्रममा आइतबार आक्रमण भएको हो। आक्रमणका कारण चालकले सन्तुलन गुमाएपछि बस खाडीमा परेको थियो।

घाइतेलाई अस्पताल लगिएको जनाइएको छ। बसमा अधिकांश उत्तरप्रदेशका बासिन्दा रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया