Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १३ जेठ २०८१ । झापाको गौरीगञ्ज अस्पताल परिसरमा एक व्यक्ति मृत फेला परेको छ । दमक नगरपालिका–१ नमुना टोल निवासी रामबहादुर विश्वकर्मा अस्पतालको परिसरमा आज बिहान मृत फेला परेका हुन् ।

गए राति करिब ९ बजे मादक पदार्थ सेवन गरेर अस्पतालको गेटमा होहल्ला मच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीको हातको कुहिनोमा चोट लागेको अवस्थामा प्रहरीले अस्पताल लगेर उपचार गराएका थिए । त्यही व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि लगिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया