Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, पुस ४ –कुन सुत्र र सिद्धान्तअनुसार समानुपातिकका संसद निर्वाचित हुन्छन् सर्बत्र चासोको बिषय हो । यस्तो छ सिद्धान्त ।

संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षबाट कम महिला निर्वा्चित भएकोले अहिलको अवस्थामा एक तिहाई महिला समानुपातिकबाट पुर्याउनुपर्ने बाध्यता दलहरुलाई छ । समानुपातिकबाट महिला निर्वा्चित गर्दा दलहरुले बुझाएको सूचिको क्रम संख्या फेरबदल गर्न नपाइने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्दे्शिका २०७४ मा उल्लेख गरिएको छ ।

त्यस्तै कानुनमा उल्लेख भएको सातवटा कल्स्टरको अनुपातअनुसार निर्वा्चित गर्नुपर्ने बाध्यता पनि छ । जसमा खस आर्य ३१।२ प्रतिशत, आदिवासी जनजाती २८।७ प्रतिशत, थारु ६।६ प्रतिशत, दलित १३।३ प्रतिशत, मधेसी १५।३ प्रतिशत, मुस्लिम ४।४ प्रतिशत र पिछडिएको क्षेत्रबाट ४।३ प्रतिशत हुनुपर्छ ।

प्रतिनिधिसभातर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएका पाँच दलले मात्र समानुपातिकमा सांसद पाउने संवैधानिक व्यवस्था छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षबाट एक ६५ जना निर्वा्चित भैसकेका छन् र अब समानुपातिकबाट एकसय १० जना निर्वा्चित गर्ने प्रक्रिया सुरु भएको छ ।

मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समानुपातिकतर्फको एक सय १० सदस्यीय समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६÷६ जना सांसद पाएका छन् ।

तपाईको प्रतिक्रिया