Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

एजेन्सी, ७ जेठ २०८१ । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन्। मध्यभारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो।

मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन जिल्लाका गाउँहरूमा अलर्ट लागू गरिएको छ। रायसेन वन डिभिजनको पूर्वी क्षेत्रमा ६२ वर्षीय पुरुषको आधा खाएको शव फेला परेको वन अधिकारीले जानकारी दिए।

जंगलमा तेन्दुपात टिप्ने क्रममा उनीमाथि आक्रमण भएको हो। बाघले बारम्बार आफ्नो स्थान परिवर्तन गरिरहँदा आक्रमणले गाउँमा त्रास फैलाएको छ। विज्ञहरूको तीन टोलीले ट्रेस गर्न र यसको गतिविधि निगरानी गर्न यी ३६ गाउँहरूमा र वरपर १०० भन्दा बढी क्यामेराहरू राखेका छन्। सन् २०२३ मा जारी गरिएको पछिल्लो गणनाअनुसार मध्य प्रदेशमा ७८५ बाघ छन्।

तपाईको प्रतिक्रिया