झापा, ३१ वैशाख २०८१ । झापाको कन्काईमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । कनकाई नगरपालिका२ का रबिन श्रेष्ठको श्रीमती अन्दाजी २३ वर्षिया मिना श्रेष्ठको करेन्ट लागि मृत्यु भएको हो ।
आईतबार(हिँजो)अन्दाजी ६ः४५ बजेको समयमा आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । करेन्ट लागेर घाइते भएकी श्रेष्ठलाई आफन्तले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगेकाथिए । उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । ।