Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

नयाँ दिल्ली, ३१ वैशाख २०८१ । भारतमा लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ । कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो।

यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा छन् ।

 

 

तपाईको प्रतिक्रिया