Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरिगन्ज, ३ पुस । झापा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले वर्तमान परिस्थितीमा प्राविधिक शिक्षाको आवश्यकता रहेको वताएका छन् ।

गृहजिल्ला झापाको गौरिगन्ज वहुमुखी क्याम्पसको २७ औं वार्षिक उत्सवको उदघाटन गर्दै मन्त्री कार्कीले सैदान्तिक शिक्षाबाट वेरोजगारीको संख्या बढेकाले युवाहरुलाई रोजगारीको अवसर सृजना गराउन प्राविधिक शिक्षाको आवश्यकता खडकिएको वताएका छन् ।

सरकारले सैद्धान्तिक शिक्षालाई क्रमसः विस्थापित गर्दै प्राविधिक शिक्षा सन्चालन गर्ने तैयारी गरेको वताएका छन् । गौरिगन्ज बहुमुखी क्याम्पसमा पनि प्राविधिक शिक्षा सन्चालन गर्ने तैयारी भइरहेको उनको भनाइ थियो ।

झापा जिल्लाको विकासका लागी हुलाकी राजमार्ग निर्माण कार्यले तिव्रता पाउने वताए । यस राजमार्गमा पर्ने केही पुल र कलभर्टहरुको निर्माण सम्पन्न भइसकेको र केही निर्माणको चरणमा रहेकाले काम सम्पन्न भइसकेपछी विकास निर्माणले तिब्रता पाउने वताएका छन । वार्षिक उत्सवको अवसरमा क्याम्पस प्रमुख सर्वतलाल राजवंशीले क्याम्पसको प्रतिवेदन प्रस्तुत गरेको थिए ।

त्यस अवसरमा रामलाल जी धापोदेवी गोल्छा ट्रष्ट बाट कक्षा ११ र १२ का चार जना विद्यार्थीलाई जनही ४ हजारका दरले र स्नातक तहका ७ जना विद्यार्थीहरुलाई जनही ५ हजारका दरले पुरस्किृत गरिएको थियो ।

त्यसै गरी ज्ञानबहादुर राई द्धारा उनकी श्रीमती शिवमाया राईको नाममा राखिएको ट्रष्ट बाट २ जना विद्यार्थीलाई जनही ५ हजारका दरले पुरस्किृत गरिएको थियो ।क्याम्पसले वार्षिक उत्सवका अवसरमा सन्चालन गरेको विभिन्न विधाका खेलकुदा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्किृत गरिएको थियो ।

गौरिगन्ज बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा श्रेष्ठ को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा सांसद झलक सिंह दर्लामी, क्याम्पसका पुर्व व्यवस्थापन समिति अध्यक्षहरु स्याम ढकाल र अमर बहादुर विष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया