Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

गुआङझोउ, २० वैशाख २०८१ । दक्षिणी चीनको गुआङ्गडोङ प्रान्तमा बुधबार बिहान एक्सप्रेसवेको एक भाग ढलेपछि मृत्युको सङ्ख्या ४८ पुगेको छ । उपचाररत घाइतेमध्ये तीन जनाको अझै पहिचान हुनसकेको छैन ।

घाइतेहरुमध्ये सबै जना खतरामुक्त तथा सुरक्षित रहेको मेझोउ सहरका अधिकारीहरूले बताएका छन् ।

दुर्घटना मेझोउ–डाबु एक्सप्रेसवेमा मेझोउमा भएको थियो हवाई तस्बिरले एक्सप्रेसवेको एकपट्टि ढल्किएको देखाउँछ, जसले गर्दा सवारी साधन दुर्घटनामा परिरहेका छन् । अहिले पनि खोजी तथा उद्धारकार्य जारी छ ।-(रासस/सिन्ह्वा)

 

तपाईको प्रतिक्रिया