Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

पशुपतिनगर(इलाम), १५ वैशाख २०८१ । इलाम निर्वाचन क्षेत्र –२ मा ३० प्रतिशत मत खसेको छ । दिउसो १२:२० सम्म ३७ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

खसेको मत संख्याको आधारमा यो ३० प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । ६ पालिकाका ४२ वटा वडामा मतदान जारी रहेको निर्वाचन कार्यालयका पदाधिकारीको भनाइ छ ।

तपाईको प्रतिक्रिया