Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । गएराति झापाको कनकाई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा पुलमा मोटरसाइकल चालकको मृत्यु हुनेगरी भएको दुर्घटनामा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२६८ नम्बरको बसले ठक्कर दिएको हुनसक्ने आशंकामा राति १ बजेतिर नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति ७।५५ बजेको समयमा सुरुङ्गा पुलमा बिर्तामोडबाट झिलझिलेतर्फ जादै गरेको रा १ प ६३०० नम्बरको मोटरसाइकललाई तत्काल नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षीय तेजमणि खरेल९ कमल ० को मृत्यु भएको हो । गम्भीर घाइते भई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको लास सोहि अस्पतालमा रहेको छ ।

सोही मोटरसाइकलको पछाडि सवार मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने २९ वर्षीय प्रसन्न दनुवार गंभीर घाइते भएका छन् । अनुहारमा चोट लागेका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । बिर्तामोडका खरेल र मेचीनगरका दनुवार घुम्न जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया