Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

झापा, १३ वैशाख २०८१ । लागूऔषधको मुख्य ट्रान्जिट पोइन्ट बनेको झापामा ब्राउनसुगरको कारोबार बढेसंगै प्रहरीले सक्रियता बढाएको छ । यसक्रममा झापा प्रहरीले चार दिनमा २३८.६६ ग्राम ब्राउनसुगरसहित १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये ४ जना भारतीय कारोबारी रहेका छन् । हिजो साँझ ६:४० बजेको समयमा बिर्तामोड नगरपलिका वडा नं.९ किराँत चौक घर भई दमक नगरपालिका वडा न ७ मा डेरा गरी बस्ने २९ वर्षीय कमल श्रेष्ठको कोठामा प्रतिबन्धित लागूऔषध बिक्री वितरणको लागि संचय गरी राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा कमल श्रेष्ठ , दमक नगरपालिका वडा नं. ८ बालुवाटार बस्ने २९ वर्षीय भान्जा भन्ने रुपेश पौडेल , भारत बिहार राज्य किशनगंज जिल्ला समीदिन कटलबारी वडा नं. ७ लोहा गारा बस्ने २५ वर्षीय अंजार आलम र सोही ठाउँ बस्ने २७ वर्षीय कमरुललाई १२ ग्राम ११० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुको साथबाट नगद २३ हजार ३०० र ४ थान मोबाईलसमेत फेला पारी आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

हिजै दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्कीचौक ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल बि।जी।पी टाघनडुब्बा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको ४ जनाको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री भारत किसनगंज सिंहिमारी ग्रामपंचायत ८ बस्ने ५५ वर्षीय अजुमुदिन आलम र सोही ठाउँ बस्ने कदुभिट्टा ग्रामपंचायत २ बस्ने २६ वर्षीय मस्ताहक आलमले डयूटी टोलीलाई देखेर बाटोनजिकै रहेको काँसघारीमा लुकाउँदै गरेको अवस्थामा ९१ ग्राम ३८० मिलिग्राम बाउनसुगर फेला पारेको थियो ।

बैशाख ९ देखि १२ गतेसम्म लागूऔषधको ठूलो मात्रा बरामद भएको हो । बैशाख ९ गते अर्जुनधारा ५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगरसहित कनकाई नगरपालिका वडा नं। ८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी पक्राउ परेका थिए ।

बैशाख १० गते साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री धादिङ खन्याबास गाउँपालिका ५ बस्ने २० वर्षीय विनोद तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४३।१५ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

बैशाख ११ गते बिहान १० बजे बैतडी दशरथचन्द नगरपालिका वडा नम्बर ८ त्रिपुरा सुन्दरी बस्ने २५ वर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिराट आदर्श टोलमा ३९ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो ।

बैशाख ११ गते साँझ ६ः१५ बजेको समयमा मेचीनगर नगरपालिका ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्यांकीबाट पैदल आउँदै गरेका कमल गाउँपालिका ५ बस्ने २० वर्षीय मनिस मगरलाई शंका लागेर उनको शरीर तलासी लिँदा दाहिने हातमा झुण्ड्याई ल्याएको प्लाष्टिकको झोलाभित्र सेतो रंगको प्लाष्टिकको पोकामा १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

बैशाख ११ गते साँझ ६ बजेको समयमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्वर ९ घर भई दमक नगरपालिका वडा नं।–९ क्याम्पस मोडमा डेरा गरी बस्ने २४ वर्षीय सुजन दाहाल र दमक वडा नं। ९ बस्ने २६ वर्षीय भिष्म कँडेललाई बिशेष सूचनाको आधारमा सुजन दाहाल बसेको कोठामा इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिँदा ८ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

बैशाख ११ गते इलाम चुलाचुली गाउँपालिका– ५ घर भई हाल दमक नगरपालिका– ३ भुटानी शरणार्थी शिविरमा बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागूऔषध बेचबिखन भईरहेको भन्ने सूचना पाएसंगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैयाँ र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसंगै तामाङलाई पक्राउ गरेको थियो ।

झापा प्रहरी लागूऔषध नियन्त्रणमा आक्रामक रुपमा लागिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

तपाईको प्रतिक्रिया