Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

काठमाडौं, १३ वैशाख २०८१ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो कारोबार दिन बुधबार प्रतितोला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी १ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

 

तपाईको प्रतिक्रिया