Online Bichar
सोमबार, जेठ १५, २०८० | Monday, May 29, 2023

रुकुम, २ पुस । रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा बिहे भोज खान गएका तीनजना मृत फेला परेका छन्।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं। १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी रहेको प्रहरीले जनाएको छ।

स्थानीय अमर बिकको छोरा बिहेमा गएका उनीहरु सुतेको स्थानमै सोमबार बिहान मृत फेला परेका हुन्। घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली घटना स्थलमा पुगेको छ।

मृतक तीनै जनाको मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया