Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, ९ वैशाख २०८१ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ।

यसदिन ३१० स्क्रिप्सको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको कारोबार भयो। सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

यसदिन दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढ्यो। पिपुल्स पावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ७.४६ प्रतिशतले ओरालो लाग्यो। कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १० करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।

सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार,पिपुल्स पावरको ७ करोड १९ लाख,रुरु जलविद्युत परियोजना र पोखरा फाइनान्सको ६/६ करोडको सेयर कारोबार भयो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक सकारात्मक देखिएका छन्।

डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य ओरालो लाग्दा अन्य समूहको उपसूचक भने उकालो लागे । यसदिन कारोबारमा आएका १७६ स्टकको मूल्य बढ्दा ६३ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।

 

तपाईको प्रतिक्रिया