Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

टोकियो, ९ वैशाख २०८१ । जापानमा आइतबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका अधिकारीहरूले बताएका छन् । जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडिएफ) का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए।

उद्धारकर्मीहरूले समुद्रमा विमानको केही भाग भेटिएको बताएका छन्। दुई वटा हेलिकप्टर ठोकिएर दुर्घटना भएको अनुमान गरिएको छु, रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भने, ‘अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसहरूको उद्धारका लागि प्रयास गर्नेछौँ ।’

धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उनले बताए। ‘मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छु, मन्त्री किहाराले भने।

 

 

तपाईको प्रतिक्रिया