Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

वासिङटन डिसी, ९ वैशाख २०८१ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक जनाको अवस्था क्षेत्रीय अस्पतालमा ‘चिन्ताजनक’ रहेको मेम्फिस प्रहरी विभागले सामाजिक सञ्जाज एक्समा उल्लेख गरेको छ । यसअघि विभागले एक्समा दक्षिणी राज्य टेनेसीमा अरेन्ट माउन्ड पार्क नजिक करिब दुई सयदेखि तीन सय मानिस भएको अनधिकृत ब्लक पार्टीमा गोली चलेको बताएको थियो ।

अमेरिकामा बन्दुक हिंसा सामान्यजस्तै भएको छ । यहाँ मान्छेभन्दा धेरै बन्दुक छन् । बन्दुकको अधिकारमाथि रोक लगाउने प्रयासहरूले सधैँ कडा राजनीतिक प्रतिरोधको सामना गर्नुपरेको छ ।

 

तपाईको प्रतिक्रिया