Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ९ वैशाख २०८१ । तेह्रथुमको लालीगुराँस नगरपालिका-५ दागपा स्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । शनिबार राती साढे ७ बजे स्थानीय कालूबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बु आफ्नै कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो ।

लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेर घाइते भएका बालकलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया