Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

झापा, ७ वैशाख २०८१ । सरकारले दिएको चाडपर्वको बिदामा पनि अबदेखि जिल्ला प्रशासन कार्यालय झापा खुला रहने भएको छ । प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक बिदामा समेत सेवा प्रवाह हुने जानकारी गराइसकेको छ ।

बैशाख ५ गते राम नवमीका दिन अन्य सरकारी कार्यालय बन्द रहे पनि प्रशासन कार्यालय भने खुला थियो । त्यो दिन पनि कर्मचारीले सेवा प्रवाह गरेका थिए ।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्ममा पर्ने सार्वजनिक बिदाहरू बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, रक्षा बन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, उँधौली पर्व, क्रिसमस डे, तमु ल्होसार, माघी पर्व, सहिद दिवस, सोनाम ल्होसार, प्रजातन्त्र दिवस, महाशिवरात्रि, ग्याल्पो ल्होसार, इद लगायतका पर्वका दिन प्रशासन कार्यालय खुला रहने परिपत्र गरिसकेको जनाइएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया