Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

नयाँदिल्ली, ७ वैशाख २०८१ । भारतमा १८ औं लोकसभा चुनावको पहिलो चरणको मतदान सुरु भएको छ। आजबाट पहिलो चरणमा २१ राज्यका १०२ सिटको लागि मतदान गरिंदै छ।

तमिलनाडुका सबै ३९ सिटको लागि पहिलो चरणमा मतदान भइरहेको छ। त्यस्तै राजस्थानको १२, उत्तरप्रदेशको ८, महाराष्ट्रको ५ र बिहारमा ४ सिटको लागि मतदान भइरहेको छ।

१८ औं लोकसभाको लागि मतदान ७ चरणहरूमा हुनेछ। अन्तिम चरणको मतदान जुन १ मा हुनेछ । लोकसभा चुनावको नतिजा ४ जुनमा घोषणा हुनेछ ।

त्यस्तै यो चुनावमा भारतमा पहिलोपटक ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले पहिलो घरबाटै मतदान गर्ने अधिकार पाएका छन्। भारतको निर्वाचन आयोगले पहिलो पटक ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरमै बसेर मतदान गर्ने अधिकार दिएको हो।

विगत केही सातादेखि निर्वाचन आयोगका अधिकारीले वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिका घर–घरमा पुगेर मतपत्र संकलन गरिरहेका छन् ।

आज मतदान भएका स्थान र सिट संख्या :

उत्तर प्रदेशका ८ सिट-सहारनपुर, कैराना, मुजफ्फरनगर, बिजनौर, नगीना, मुरादाबाद, रामपुर, पिलीभीत
पश्चिम बंगालको घ सीटहरू -कुचबिहार, अलीपुरद्वार र जलपाईगुडी
बिहारको ४ सिट-औरंगाबाद, गया, नवादा र जमुई
जम्मू कश्मीरको १ सीट-उधमपुर
महाराष्ट्रको ५ सिट-रामटेक, नागपुर, भंडारा(गोन्दिया, गढचिरोली-चिमुर, चन्द्रपुर
मध्य प्रदेशको ६ सिट-सिधी, शहडोल, जबलपुर, मण्डला, बालाघाट, छिन्दवाड़ा
असमको ५ सिट-काजिरंगा, सोनितपुर, लखीमपुर, डिब्रुगढ, जोरहाट
छत्तीसगढको १ सीट-बस्तर
राजस्थान १२ सिट- गंगानगर, बीकानेर, चुरु, झुन्झुनु, सिकर, जयपुर ग्रामीण, जयपुर, अलवर, भरतपुर, करौली-ढोलपुर, दौसा, नागौर।
त्रिपुरा १ सीट-त्रिपुरा
पश्चिम मणिपुर १ सीट-भित्री मणिपुर
तमिलनाडु (३९ सिट) – तिरुवल्लुर, चेन्नई उत्तर, चेन्नई दक्षिण, चेन्नई सेन्ट्रल, श्रीपेरुम्बदुर, कांचीपुरम, अरक्कोनम, वेल्लोर, कृष्णगिरी, धर्मपुरी, तिरुवन्नमलाई, अरानी, ​​विल्लुपुरम, कालाकुरुची, सलेम, नमक्कल, इरोड, तिरुपुर, निलबगिरी, कोलिम्बिरिस पोल्लाची, डिंडीगुल, करूर, तिरुचिरापल्ली, पेराम्बलूर, कुड्डालोर, चिदम्बरम, माइलादुथुराई, नागपट्टिनम, तंजावुर, शिवगंगाई, मदुरै, थेनी, विरुधुनगर, रामनाथपुरम, थुथुकुडी, तेनकासी, कान्यकुमरी,।
उत्तराखण्ड ५ सिट-टिहरी गढवाल, गढवाल, अल्मोरा, नैनीताल(उधम सिंह नगर, हरिद्वार
अरुणाचल प्रदेशको २ सीट-अरुणाचल पूर्व, अरुणाचल पश्चिम
अण्डमान निकोबार टापुहरूको १ सीट -अण्डमान निकोबार टापुहरू
लक्षद्वीपको १ सीट-लक्षद्वीप
मेघालयको २ सिट-शिलोङ, तुरा
मिजोरम १ सीट-मिजोरम
नागाल्याण्ड १ सीट-नागाल्याण्ड
पुडुचेरी १ सीट -पुडुचेरी
सिक्किम १ सीट-सिक्किम

 

तपाईको प्रतिक्रिया