Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

एजेन्सी, ७ वैशशाख २०८१ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीवार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना वरिष्ठ कमाण्डरको मृत्यु भएको पुष्टि गरेका छन्। उनले प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधन भएको घोषणा गर्दा दुःख भएको बताए।

एल्गेयो माराक्वेट काउन्टीको स्थानीय प्राथमिक विद्यालयबाट उडेको हेलिकप्टर दिउँसो २स्२० बजे तल खसेको थियो र आगलागी भएको थियो।

राष्ट्रपतिले ओगोलाले बिहानै नैरोबी छोडेर समस्याग्रस्त क्षेत्रमा डाकुहरूसँग लड्न र चलिरहेको विद्यालय नवीकरण कार्यको निरीक्षण गर्न खटिएका सेनाहरूलाई भेट्न गएको बताए। केन्या वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन उड्डयन अनुसन्धान टोली गठन गरी पठाएको छ। उनले शुक्रवारदेखि तीनदिने शोक मनाउने घोषणा पनि गरेका छन्।

उनले पदमा रहँदा मात्रै नभइ सक्रिय सैन्य कर्तव्यमा जीवन गुमाएका सेनापतिको जीवन र प्रतिष्ठित सैनिक जीवनको सम्मानमा राष्ट्रले आजबाट १९ अप्रिलबाट ३ दिने शोक व्यक्त गर्ने बताए।

 

तपाईको प्रतिक्रिया