Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

मोरङ, ६ वैशाख २०८१ । मोरङको विराटनगर-१५ स्थित एक नम्बर ढाटबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लेटाङ नगरपालिका-९ का रोशन दर्जी र ३१ वर्षीय सुदन परियारलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा उनीहरूको साथबाट ७ ग्राम १ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया