Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

दाङ, ६ वैशाख २०८१ । बाँकेको हर्बल उद्योगमा विद्युत सर्ट भई लागेको आगो झण्डै सात घन्टा पछि नियन्त्रणमा आएको छ।

बिहीबार बिहान जानकी गाउँपालिका–६ पिप्रहवास्थित राजेश जैनले संचालन गरेको बाहुबली हर्बल प्रालिमा ७ बजेदेखि सुरू भएको आगलागी दिउँसो २ बजेपछि नियन्त्रणमा आएको हो।

आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीसहित प्रहरी अधिकारीहरू घटनास्थलमा खटिएका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट आगो नियन्त्रणका लागि ११४ जना प्रहरी खटिएका थिए।

नेपाली सेना, सशस्त्र प्रहरीसमेत गरी कुल १६४ सुरक्षाकर्मी आगो नियन्त्रणमा लागि खटिएका थिए।

बाँके र बर्दियाका गरी ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्याननको समेत प्रयोग गरिएको थियो। त्यस्तै भारतको बहराईचबाट पनि एउटा दमकल आगो निभाउन आएको थियो।

जिल्ला प्रहरी प्रवक्ता नारायण डाँगीले आगलागीबाट भएको धनमालको क्षतिको विवरण संकलन गर्नेक्रम जारी छ। आगलागी नियन्त्रणमा लिन झण्डै सात घन्टा समय लागेको थियो।

 

तपाईको प्रतिक्रिया