Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठ्माडौं, ६ वैशाख २०८१ । बिहीबार नेप्से परिसूचक १९.५६ अंकले घटेको छ। यसदिन नेप्से ०.९८ प्रतिशतले घटेर १९७२.१४ विन्दुमा बन्द भएको हो। बिहीबार बजारमा दुई अर्ब नौ करोड ३६ लाख १२ हजार ७९२ रूपैयाँको सेयर कारोबार भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार दुई अर्ब १० करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बुधबार रामनवमीको अवसरमा सार्वजनिक बिदा हुँदा नेप्से बन्द थियो।

बिहीबार ३१५ वटा ऋणपत्र तथा धितोपत्रको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच भएको छ।

आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २११ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर छ।

यसदिन खानीखोला हाइड्रोपावरको कम्पनीको सेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ।

यस्तै पोखरा फाइनान्सको ६.२१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच सय २० रूपैयाँ पुगेको छ।

आज रूरू जलविद्युत परियोजनाको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य पाँच सय ४ रूपैयाँ ७० पैसा कायम भएको छ।

यस्तै गुराँस फाइनान्सको सेयरमूल्य ९.३९ प्रतिशतले घटेर प्रतिकित्ता आठ सय २० रूपैयाँमा झरेको छ।

बिहीबार गुराँस फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२० रूपैयाँमा १७ करोड ८२ लाख ८५ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५०४ रूपैयाँ ७० पैसामा १० करोड ५१ लाख ३७ हजार रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

 

तपाईको प्रतिक्रिया