Online Bichar
बुधबार, बैशाख १९, २०८१ | Wednesday, May 1, 2024

काठमाडौँ, ६ वैशाख २०८१ । आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।

गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।

शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको निर्देशक श्रेष्ठले बताए । केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् । जसमा ७० प्रतिशत नेपाली रहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया