Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

एजेन्सी, ४ वैशाख २०८१ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ।
इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको छ।

अन्य ९४ जना घाइते भएका छन्। हाल कुल मृत्यु हुनेको संख्या ३३ हजार ७९७ र घाइतेको संख्या ७६ हजार ४६५ पुगेको छ।

इजरायली नौसैनिक डुङ्गाहरूले सोमबार उत्तरी गाजापट्टीमा आफ्नो घर फर्कन खोजिरहेका दर्जनौं विस्थापित प्यालेस्टाइनीहरूलाई गोली हानेका बताइएको छ। जसमा कम्तीमा पाँच जना घाइते भएका प्यालेस्टाइन सरकारले बताएको छ।

 

तपाईको प्रतिक्रिया