Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024
मेरा सारा सपना, अघोर तमसा अग्नि बिचमा
जली भस्म हुने, दुष्ट प्रहर यो आयो नगिचमा ।
म जल्न सक्दिन, नगिच छु बल्दो चितासंगै
थरथर कांपे आमा, भन त कसोगरी बाँचु तिमी बिनै ।।

अनलाइन बिचार, २ पुस । स्रस्टा मोहनकृष घिमिरेद्वारा लिखित ‘मेरी आमा र म’ स्मृति ग्रन्थ माथिको चर्चाले सहभागि सबैलाई भावुक बनायो । मंसीर २९ गते गौरादहमा अग्रज सहित्यकार, शिक्षक, प्राध्यापक, पत्रकारहरु लगाएतको भेलामा पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमको औचित्य प्रकाश पार्दै साहित्यकार खगेन्द्र न्यौपानेले यस स्मृति ग्रन्थ भित्र लेखकले आफ्नो आमा मात्र होइन समग्र आमाहरुलाई सम्बोधन गर्नुभएको छ भनेर विषय उठान गर्नुभयो । पुस्तकको चर्चा गर्दै वहाँले जीवनमा ताते गराउँदै हिंडन सिकाउने, बोल्न सिकाउने, समस्यासंग जुध्न सिकाउने, अनेकौं आदर्शका पाठहरु सिकाउने आमाहरुको महानतालाई मेरी आमा र म स्मृति ग्रन्थले उजागर गरेको प्रस्ट्याउनु भयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

हाम्रो जीवनलाई मानवीयताको सुन्दर संज्ञा दिने आमा नै हुन् त्यसैले आमा कै कारणले सम्पूर्ण युग बाँचिरहेको हुन्छ भन्दै साहित्यकार न्यौपानेले पुस्तकले हाम्रा सामाजिक परिवेश र परिस्थिति भित्र, साँस्कृतिक मूल्यर मान्यता भित्र आमाको उपस्थितिलाई यस स्मृति ग्रन्थ भित्र उठाएर संसारभरका हामी सबैका आमाहरु प्रति न्याय गरेको समिक्षमा उल्लेख गर्नुभएको छ ।

आमा संगका अनुभुतिहरुलाई कलात्मक शैलिमा जस्ताको त्यस्तै सरस र सरल शैलीमा पस्किनुभएका लेखक घिमिरेले आमा जिउँदो छँदा बृद्धाश्रमको कहालीलाग्दो ओडारहरु देखाएर ढुक्कहुने र उनको देहवसानमा हतार–हतार गाई किनेर दान गर्दै आमा तार्ने परम्पराको आँफू शुरुदेखि नै बिरोधी रहेको बताउनु भयो । वहाँले पुस्तक मार्फत पछिल्लो पुस्तालाई आमाको सम्मान देखावटी औपचारिकतामा मात्र नभएर असल यथार्थ ब्यवहारबाट गौरब गर्न आव्हान समेत गर्नभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पुस्तक चर्चाका क्रममा अग्रज साहित्यकार तथा गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गोपाल काफ्लेले बाबु–आमा नै हाम्रा खास विस्व विद्यालय भएको बताउनु भयो । स्मृति ग्रन्थ पुस्तकले सबै छोरा छोरीहरुको मन छोएको र आमा प्रति वास्तविक सम्मान गरेको उल्लेख गर्नु भयो । कला र साहित्यको संरक्षणमा जोड दिंदै वहाँले साहित्य समाजको दर्पण रहेको बताउनुभयो ।

त्यसैगरी गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दहालले साहित्य समाजको संबाहाक भएको बताउदै साहित्यकारहरुले युग बिउँताउन समय अनुसार कलम चलाउन आवस्यक रहेकोमा जोड दिनुभयो । लेखक मोहनकृष्ण घिमिरेको गहिरो चिन्तन र फराकिलो अध्ययनको उपज यो ग्रन्थ तयार गरेर अनुकरणीय कार्य गर्नुभएको र समाजलाई अमुल्य पुस्तक उपहार प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

लेखक डिल्लि काफ्लेले स्मृति ग्रन्थ भित्र आमालाई सजिव भेटिएको र पथ प्रदर्शनमा पुस्तक प्रभावकारी हुने बताउनु भयो ।

कार्यक्रममा साहित्यकार लक्ष्मी वरालले आफ्ना अग्रजहरुको संझनामा आफूले रचना गरेका बुद्ध स्लोक कविता वाचन गर्नुभएको थियो । पुस्तक चर्चा कार्यक्रम अग्रज साहित्यकार मोहन अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया