Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

दोहा, ३ वैशाख २०८१ । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ ।

ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार क्षेत्रलाई उद्धृत गर्दै पीडितहरूलाई उनीहरूका गाडीसहित द्रुतगतिमा बगिरहेको पानीले बगाएपछि पीडितहरूको मृत्यु भएको जनाएको छ ।

मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी र एक जना विदेशी नागरिक रहेको रिपोर्टमा जनाइएको छ । उत्तरी ‘ए’शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको छ । रासस/सिन्ह्वा

 

तपाईको प्रतिक्रिया