Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठ्माडौं, २ वैशाख २०८१ । चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनामा ३० अर्ब नौ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। यो अघिल्लो वर्षको सोही समयको तुलनामा सात प्रतिशतको वृद्धिदर हो।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा २८ अर्ब ११ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो। चैतसम्म कुल २६९ वटा वैदेशिक लगानीका उद्योग स्वीकृत गरिएको उद्योग विभागले जनाएको छ। चैतमा मात्रै १६ वटा उद्योगको लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ।
यो वर्ष २५३ वटा साना, १३ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएका छन्।

कुल लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन उद्योगमा आएको छ। यस क्षेत्रमा १२२ उद्योगको लगानी स्वीकृत भएको छ। सेवा क्षेत्रमा ९३, उत्पादनमूलक उद्योगमा १२, सूचना प्रविधिमा नौ, पूर्वाधारमा ६, कृषिमा पाँच र खानीमा दुई वटा उद्योगको लगानी स्वीकृत भएको विभागले जनाएको छ।

 

तपाईको प्रतिक्रिया