Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

एजेन्सी, २९ चैत २०८० । उत्तरी गाजामा इजरायलको हवाइ आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। इजरायलले मुस्लिमहरूको ईद उल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजना मारिएका हुन्।​ हानियाले आफ्ना छोरा हाजेम, आमिर र मोहम्मदका साथै केही नातिनातिनाहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

सती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरूलाई निशाना बनाइएको उनको भनाइ छ। ​ हानियाका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन्।

 

तपाईको प्रतिक्रिया