Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

काठमाडौं, २१ चैत २०८० । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिएका हुन्।

उनले निर्वाचन कार्यक्रम प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन् । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी छन्।

सत्ता गठबन्धनमा अध्यक्षमा माओवादीको तर्फबाट नारायण दाहाल निर्वाचित भएपछि उनले राजीनामा दिएकी हुन्।

यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो। तर पछि नेकपा एस मिसिएपछि नयाँ सहमतिमा न्यो बुँदा हटाइएको थियो। तर गठबन्धनमा दलबीच उपाध्यक्ष कसलाई दिने भन्नेबारे औपचारिक सहमति भएको छैन।

 

तपाईको प्रतिक्रिया