Online Bichar
सोमबार, बैशाख २४, २०८१ | Monday, May 6, 2024

काठमाडौं, १९ चैत २०८० । नेपाल एले आयरल्यान्ड एलाई ३ रनको रोमाञ्चक जित हात पारेको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल ३ रनले विजयी भएको हो।

नेपाल एले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड एले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १२० रनमात्र बनायो। आयरल्यान्डका लागि गरेथ डेलानीले सर्वाधिक ६८ रन बनाए भने मोर्गन टोपिङले ६० रन बनाए। त्यस्तै ओपनर रोस अदिरले ३१ र फिओन ह्यान्डले २२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।

नेपाल एका लागि विपिन खत्रीले ३ विकेट लिए भने कमल सिंह ऐरी, नारायण जोशी र रसिद खानले एक(एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो।

नेपालका लागि आरिफ शेखले इनिङ सम्हाल्दै सर्वाधिक ९७ रन बनाए। ४८ बलमा उनले ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित रहे। त्यस्तै कमल ऐरी ७ बलमा १९ रन बनाउँदै अविजित रहे।

आयरल्यान्ड एविरुद्धको पहिलो खेलमा शतक हानेका लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै देव खनालले ६, कप्तान विदोन भण्डारीले ११, आसिर अहमदले १९, पवन सर्राफले १३, रसिद खानले २४ रन बनाए।

नेपालले यसअघि नै आयरल्यान्ड एविरुद्धको सिरिज गुमाएको थियो। आएरल्यान्ड एले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले जितेको थियो। नेपाल एले आयरल्यान्ड एसँग पर्सी बुधबारदेखि एक दिवसीय शृंखला खेल्नेछ।

तपाईको प्रतिक्रिया