Online Bichar
आइतबार, बैशाख २३, २०८१ | Sunday, May 5, 2024

ब्रासिलिया (ब्राजिल), १९ चैत २०८० । ब्राजिलको उत्तरपूर्वी पेर्नाम्बुको राज्यमा इस्टर आइतबारको समारोहमा बस ठोक्किएर भएको दुर्घटनामा कम्तिमा चार जनाको मृत्यु भएको राज्य गभर्नरले बताउनु भएको छ ।

गभर्नर राकेल लिराले इन्स्टाग्राम पोस्ट मार्फत जबोआटाओमा जुलुसमा कम्तीमा चार जनाको मृत्यु उल्लेख गर्दै पीडितका परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

घटनामा करिब २० जना घाइते भएको स्थानीय मिडियाले आपतकालीन उद्धारकर्तालाई उद्धृत गर्दै जनाएका छन् । जबोआटाओका मेयर मानो मेडिरोसले सामाजिक सञ्जाल एक्स मार्फत गम्भीर दुर्घटनाको कारण बारे स्पष्ट भइनसकेको बताउनु भएको छ ।

सामाजिक सञ्जाल तथा स्थानीय सञ्चारमाध्यममा सम्प्रेषण भएको दुर्घटनाको भिडियोमा ठाडो उकालो सडकबाट बस एकाएक तल जुलुसमा सहभागी भएका मानिसहरूको भिडमा बजारिएको देखिएको छ । बस चालक घटनास्थलबाट भागेको स्थानीय मिडियाले जनाएका छन् । रासस/एएफपी

तपाईको प्रतिक्रिया