Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

काठमाडौं, १८ चैत २०८० । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्समाथि लखनउ सुपर जायन्ट्स विजयी भएको छ। गएराति लखनउमा भएको खेलमा घरेलु टिमले पञ्जाबमाथि २१ रनले जित निकालेको हो।

लखनउले दिएको २०० रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले ५ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो। पञ्जाबका लागि कप्तान तथा ओपनर शिखर धवनले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अर्का ओपन जोनी बेर्स्टोले ४२ रन बनाए।

त्यस्तै लियाम लिभिङस्टोनले २८ र प्रबसिमरन सिंहले १९ रन बनाए। बलिङतर्फ मयंक यादवले ३ र मोशिन खानले २ विकेट लिए। टस जितेर ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १९९ रन बनाएको थियो।

लखनउका लागि ओपनर क्वीन्टन डिककले ५४, कप्तान निकोलस पुरनले ४२,क्रुनल पाण्ड्याले ४३, मार्कस स्टोइनिसले १९ र केएल राहुलले १५ रन बनाए। बलिङतर्फ पञ्जाबका शाम करणले ३,अर्शदिप सिंहले २ तथा कगिशो रबाडा र राहुल चाहरले १ विकेट लिए।

आइपिएलको जारी सिजनमा पञ्जाबले १ खेल जित्दा २ खेल हारेको छ भने पञ्जाबाको एक जित र एक खेलमा हार ब्यहोरेको छ।

 

तपाईको प्रतिक्रिया