Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

झापा, १८ चैत २०८० । नेकपा एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन्। उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत भए। शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो। अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रबारबाट बन्दसत्र सुरु भएको थियो। सचिव पदमा पनि सर्वसम्मत गराउने पहल भइरहेको पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए। पुरुष उपसचिव पदमा असारु राजवंशी सर्वसम्मत चयन भएका छन्।

एक महिला उपसचिवतर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएकी छन्। शनिबार साँझसम्म पाँचवटा पालिका सर्वसम्मत भएको कार्कीले बताए।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ। अधिकतम प्रयास गरेर अन्य पदमा पनि सहमति जुटाउने कसरतमा नेताहरू लागेका छन्।

अधिवेशनमा पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट पाँच जना र आयोजक १६९ जना एवम् मनोनित प्रतिनिधिहरू ३८ जना गरी ७८६ जना सहभागी भएका छन्।

जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १५० जनाको कमिटी बन्ने छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।

 

तपाईको प्रतिक्रिया