Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, १७ चैत २०८०। झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका-७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अबस्थामा मुर्मुले फेला पारेकी थिइन् । पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगहरुमा मुक्का र लात प्रहार गरी घाइते बनाएर भागेका थिए ।

घाइते मुर्मूलाई छिमेकीले आम्दा अस्पताल दमक पुर्याएका थिए । उपचारका क्रममा हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले हिजो अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।प्रतिदिनबाट

 

तपाईको प्रतिक्रिया