Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, १६ चैत २०८० । त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ र आयरल्याण्ड वल्भसबीच जारी टी-२० खेलमा नेपाल ‘ए’ लाई पहिलो सफलता मिलेको छ। आयरल्याण्डविरुद्ध बलिङ गरिरहेको नेपालका कमल सिंह ऐरीले पहिलो ओभरको दोस्रो बलमा नेपाललाई सफलता दिएका हुन्।

त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरिरहेको छ।

टी-२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान विनोद भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया