Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

काठमाडौं, १६ चैत २०८० । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा खसेको थियो। बस खसेपछि आगलागी भएको थियो। दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ।

घटनास्थलमा पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै सरकारले दुर्घटनाको कारणको बारेमा पूर्ण अनुसन्धान गर्न मद्दत गर्ने बताइन्।

 

तपाईको प्रतिक्रिया