Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, १५ चैत २०८० । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डमा रिक्त तीन सदस्यमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया